एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा इन्टर मिलानले अपराजित यात्रा कायम राखेको छ ।
बुधबार राति भएको खेलमा लाजियोलाई १-० गोल अन्तरले पराजित गर्दै इन्टरले अपराजित यात्रा कायम राखेको हो ।
घरेलु मैदानमा इन्टरको जितमा डानिलो डी'आम्ब्रोसिओले निर्णयक गोल गरे । खेलको २३ औं मिनेटमा डानिलोले गोल गरेका थिए । जुन गोल खेलमा निर्णायक बन्यो ।

जितसँगै इन्टरले पाँच खेलमा ५ जित निकालेको छ । र, इन्टर १५ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । इन्टर दोस्रो स्थानको युभेन्ट्स भन्दा २ अंकले अघि रहेको छ । ७ अंक जोडेको लाजियो आठौं स्थानमा छ ।
सिरी 'ए' कै अर्को खेलमा रोमालाई एटलान्टाले २-० ले हराएको छ । नापोली पनि काग्लियारीसँग १-० ले पराजित भएको छ ।