एजेन्सी । इन्ग्लिश प्रिमियर लिग क्लब आर्सनल काराबाओ कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको खेलमा नटिङघम फोरेष्टलाई ५-० गोल अन्तरले पराजित गर्दै आर्सनल चौंथो चरणमा पुगेको हो ।
आर्सनलको फराकिलो जितमा ग्राबियल मार्टीनेलीले दुई गोल गरे । यस्तै रोब होल्डीङ, जोसेप विल्लक र रेइस नेल्सनले एक एक गोल गरे ।

च्याम्पियनसिप क्लबविरुद्ध आर्सनलले पहिलो हाफमा १ गोल र दोस्रो हाफमा ४ गोल गरेको थियो ।
यस्तै लेष्टर सिटीले लुटोन टाउनलाई ४-०, एभर्टनले सेफिल्ड वेनस्डेलाई २-० र वाट्फोर्डले स्वान्सी सिटीलाई २-१ ले हराएर काराबाओ कपको चौंथो चरणमा प्रवेश गरेका छन् ।
त्यस्तै साउथह्याम्पटनले पोर्ट्समाउथलाई ४-० ले हराएको छ ।
