काठमाडौं । नेपालमा जारी तेस्रो संस्करणको साफ यू-१८ च्याम्पियनसिप फुटबलमा अहिले भुटान र माल्दिभ्सबीच प्रतिस्पर्धा भईरहेको छ ।
हलचोकस्थित शसस्त्र प्रहरी बल एपीएफको मैदानमा जारी खेलको पहिलो हाफ सकिदा दुवै टोलीले गोलरहित बराबरी खेलेका छन् । दुवै टोलीले पाएको मौका गुमाउदा खेलको पहिलो हाफ बराबरीमा सकिएको हो ।
आज भुटान माल्दिभ्सलाई हराउँदै समूह विजेता बन्दै सेमिफाइनल पुग्न चाहन्छ । यस्तै माल्दिभ्स पनि भुटानलाई हराउँदै सेमिफाइनलको यात्रा तय गर्न चाहन्छ ।
समूह 'ए' मा रहेको भुटान र माल्दिभ्सबीचको खेल नेपालका लागि सबैभन्दा बढी महत्वपूर्ण रहेको छ । यस खेलले नेपालको सेमिफानल समिकरण तय हुनेछ ।
एक खेल खेलेको भुटानको ३ अंक रहेको छ । एक नै खेल खेलेको माल्दिभ्सको १ अंक रहेको छ । दुई खेल खेलेको आयोजक नेपालको १ अंक रहेको छ ।
नेपालको सेमिफाइनल सम्भावना अंक गणितीय रुपमा बाँकी रहेको छ । किनकी नेपाललाई सेमिफाइनल पुग्नु भुटानले माल्दिभ्सलाई भारी अन्तरले हराउनु पर्ने हुन्छ । माल्दिभ्स झिनो अन्तरले पराजित भए वा खेल बराबरीमा सकिए नेपाल समूह चरणबाटै बाहिरिने छ ।