एजेन्सी । बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी विश्वको उत्कृष्ट खेलाडी बनेका छन् ।
सन् २०१८ मा उत्कृष्ट खेलाडी घोषित हुँदै मेस्सीले फिफा वर्ष खेलाडी 'द बेष्ट' अवार्ड जितेका हुन् ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सोमबार राति इटालीको मिलान मेस्सीलाई 'द बेष्ट' अवार्ड प्रदान गरेको हो ।

अवार्ड जित्ने क्रममा मेस्सीले युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो र लिभरपुलका भिर्गिल भान डाइकलाई पछि बनाए । योसँगै मेस्सीले छैटौं पटक वर्ष खेलाडी अवार्ड जितेका छन् ।
महिलातर्फको वर्ष खेलाडी अवार्ड मेगान रापिनोईले जितिन् ।
यस्तै फिफा वर्ष पुरुष प्रशिक्षकको अवार्ड लिभरपुलका जोर्गेन क्लोपले जिते । महिलातर्फको अवार्ड जिल एलिसले जितिन् ।

वर्षको उत्कृष्ट गोल पुस्कास अवार्ड हंगेरीका डानियल जेसोरीले जिते । सिल्भिया ग्रेकोले फिफा फ्यान अवार्ड जिते ।
फिफा वर्ष महिला गोलकिपर अवार्ड एट्लेटिको मड्रिडकी गोलकिपर सारी भान भिनेनडलले जितिन् ।
फिफा फेयर प्ले अवार्ड मार्सेलो बिलसा र लिड्स युनाइटेडले जितेको छ ।
