काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ति मगर रहेको टिसी स्पोर्टस क्लबले माल्दिभ्सको धिवेही प्रिमियर लिगमा बराबरी खेल्दै अंक बाडेको छ ।
सोमबार राति भएको खेलमा टिसीले फोकाइधो एफसीसंग १-१ गोलको बराबरीमा खेलेको हो । खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा टिसीले बराबरी खेलेको हो ।
खेलको ३५ औं मिनेटमा इब्राहिम आइसामले गोल गर्दै टिसीलाई अग्रता दिलाएका थिए । तर, खेलको ६० औं मिनेटमा मोस्ताफा मोहमदले गोल गर्दै खेल बराबरी ल्याएका थिए ।
फोकाइधोविरुद्ध विमल सुरुवाती -११ मै खेलेका थिए । यसै सिजन टिसी आएका विमलले पुरै समय मैदान बिताएका थिए ।