काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द रहेको पर्सिजा जकार्ताले इन्डोनेसियन लिगा वानमा जित निकालेको छ ।
सोमबार भएको खेलमा जकार्ताले बारिटो पुटेरालाई १-० गोल अन्तरले पराजित गरेको हो । जकार्ताको जितमा हेरी सुसान्तोले ५३ औं मिनेटमा निर्णायक गोल गरे ।
पुटेराविरुद्धको खेलमा रोहितले पुरै ९० मिनेट मैदानमा बिताएका थिए ।
साविकको विजेता समेत रहेको जकार्ताले जितसँगै १८ खेलबाट २० अंक जोडेको छ । र, जकार्ता लिगको १३ औं स्थानमा उक्लिएको छ ।
२० खेलमा १६ अंक जोडेको पुटेरा रेलिगेसन जोनमा रहेको छ ।