काठमाडौं । जोर्डनमा सम्पन्न एएफसी यू–१६ च्याम्पियनसिप छनोट प्रतियोगितामा सहभागिता जनाएर नेपाली यू-१६ फुटबल भोलि (मंगलबार) स्वदेश फर्कने भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टिम मंगलबार साँझ नेपाल आईपुग्ने जनाएको छ । नेपाली टोलि साँझ ६:३० मा नेपाल आईपुग्ने छन् ।
छनोटमा चौंथो भएको नेपालले श्रीलंकालाई मात्र हराएको थियो । आइतबार राति भएको खेलमा नेपालले श्रीलंकालाई ३-० गोल अन्तरले हराएको थियो ।
त्यसअघि पहिलो खेलमा घरेलु टोली जोर्डनसंग ७–० ले पराजित नेपालले दोस्रो खेलमा कुवेतसंग १-१ को बराबरी खेलेको थियो । तेस्रो खेलमा नेपाल ताजिकिस्तानसंग ७–० ले पराजित भएको थियो ।
समूह 'ए' मा रहेको नेपालले ४ खेलबाट ४ अंक जोडेको थियो । प्रतियोगिताबाट ताजिकिस्तान च्याम्पियनसिपका लागि छनोट भएको थियो ।