• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
‘योग्य’ फालियो, उपाध्यक्षको ‘छोरा’ घुसाईयो
नमीन ढकाल
सोमबार, असोज ६, २०७६ नमीन ढकाल
‘योग्य’ फालियो, उपाध्यक्षको ‘छोरा’ घुसाईयो

काठमाडौं । यू–१६ राष्ट्रिय फुटबल टिमको खेलाडी छनोटमा ‘योग्य’ खेलाडीलाई बाहिर राख्दै अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीका छोरालाई राष्ट्रिय टिममा समावेश गरिएको खुल्न आएको छ ।

एएफसी च्याम्पियनसिप छनोट खेल्न जोर्डन पुगेको नेपाली टिममा पहिलो रोजाईमा खेल्दै आएको गोलकिपर रोशन नेपाललाई बाहिर राख्दै वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्वाङको छोरालाई टिममा राखिएको खुल्न आएको छ ।

यू–१६ राष्ट्रिय टिमको प्रतिनिधित्व गर्दै जोर्डन उडेका पथ्युङहाङ नेम्वाङ वरिष्ठ उपाध्यक्ष पंकज विक्रमका छोरा हुन् ।

जोर्डनमा सम्पन्न यू–१६ एएफसी च्याम्पियनसिप छनोटमा नेपालले दुई हार, एक जित र एक बराबरी खेलेको थियो । पहिलो खेलमा घरेलु टोली जोर्डनसंग ७–० ले पराजित नेपालले दोस्रो खेलमा कुवेतसंग १-१ को बराबरी खेलेको थियो ।
यस्तै तेस्रो खेलमा नेपाल ताजिकिस्तानसंग ७–० ले पराजित हुँदा अन्तिम खेलमा श्रीलंकालाई ३-० ले हराएको थियो ।

एन्फाको खेलाडी छनोट कमिटिले उत्कृष्ट गोलकिपर रोशनलाई टिमबाट बाहिर राख्दै उपाध्यक्षका छोरालाई नेपालको प्रतिनिधित्व गराएर जोर्डन पठाएको हो ।

रोशनले अघिल्लो संकरणको साफ यू–१५ च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरेका थिए । एन्फा एकेडेमीका उत्पादन समेत रहेका रोशन विभिन्न उमेर समूहमा पहिलो रोजाईको गोलकिपरको रुपमा रहदै आएका थिए ।

तर,भारतमा सम्पन्न साफ यू–१५ च्याम्पियनसिपमा समेत रोशनलाई टिममा राखिएको थिएन् । यू–१५ च्याम्पियनसिपको छनोट अघि नै उनलाई टिम बाहिर राखिएको थियो ।

‘टिममा नपरेपछि एन्फामा बुझेको थिए । तर बिहान बिहान एन्फा मैदानमा एक्लै अभ्यास गरेको कारण देखाएर कारबाही स्वरुप टिमबाट निकालेको जवाफ पाए ।’ रोशनले खेलपाटीसंग भने ।

एन्फा स्रोतका अनुसार वरिष्ठ उपाध्यक्ष नेम्बाङका छोरालाई टिममा राख्ने योजना सहित नियमित एन्फा एकेडेमीबाट खेलिरहेका रोशनलाई बिहान अभ्यास गरेको आरोपमा कारबाही गरेर एकेडेमीबाट निकालिएको हो ।‘रोशन धेरै राम्रो गोलरक्षक हो । यसअघि पनि राष्ट्रिय टिमबाट खेलिसकेको छ । धेरै मेहनती छ । अरुले भन्दा धेरै अभ्यासमा खटिएको देखिन्थ्यो । अरु गोलरक्षक भन्दा राम्रो पनि छ ।’ एन्फाका एक पदाधिकारीले खेलपाटीसँग भने, 'नेपाली फुटबलमा पहिले पनि यस्ता क्रियाकलाप आए । अहिले पनि रोकिएन । यो फेरि पुरानै शैली भयो । आफ्ना मान्छेलाई स्थान दिने ।’

एन्फाले साफ यू–१५ टिमका तीन खेलाडी बढी उमेरको देखिएको भन्दै कप्तान प्रदिप लम्साल सहित अशिम राई र गोलकिपर ईश्वर गुरुङको नाम एएफसी छनोट खेल्ने टिमबाट हटाएको थियो । उनीहरुको स्थानमा दिपेश राई, क्रिष्टल शाक्य र पथ्युङहाङलाई जोर्डन पठाएको थियो । एन्फा स्रोतका अनुसार यू–१५ टिममा बढि उमेर पाईएपनि क्रिष्टललाई टिममा समावेश गराईएको हो ।

वरिष्ठ उपाध्यक्ष नेम्वाङका छोरा पथ्युङहाङ राष्ट्रिय टिम बाहिरका खेलाडी हुन् । उनी एन्फा एकेडेमीमा समेत छैनन् । हरेक शनिबार मात्र एन्फा कम्प्लेक्समा अभ्यासमा देखिने पथ्युङहाङलाई राष्ट्रिय टिममा समावेश गरेर जोर्डन पठाईएको हो ।

टिमबाट निकालिएका रोशनले एन्फा एकेडेमीका वार्डेन टक्कर थापाले विहानै उठेर प्रशिक्षण गरेको भन्दै कारबाही गरेको जानकारी आफुले पाएको आरोप लगाएका छन् ।

‘बिहानै नियमित तयारी गर्थे । अरु खेलाडी सुतिरहेका हुन्थे । कसैलाई नबिग्रने गरि तयारी गर्दा वार्डेनले कारबाहीमा हालेछन्,’ रोशनले भने, ‘नियमित अभ्यास सहित म सधै थप अभ्यास गर्थे । फुटबलमै राम्रो गरौं, मेहनत गरौ, देशको लागि केही गरौ भनेर अभ्यासमा लाग्दा समेत कारबाहीमा राखिएछ ।’

एकेडेमीका वार्डेन टक्कर थापाले आफुमाथि लागेको आरोप गलत भएको बताए ।

‘उसलाई चाँडै उठेर अभ्यास गर्याे भनेर कारबाही गरेको छैन । टिममा नपरेपछि आरोप लगाउँदै आएको छ,’ थापाले भने, ‘रोशन राम्रो खेलाडी हो । सधै अरु खेलाडी भन्दा धेरै तयारी गर्छ, मेहनती छ । सबै बिषय थाहा हुँदै गर्दा किन कारबाही गर्नु र ?’

रोशनले आफु टिममा नपर्नुको कारण प्रशिक्षक र व्यवस्थापकसंग समेत राखेको बताए । साफ यू–१५ उपविजेता भएर टिम स्वदेश फर्किएपछि रोशनले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई फोन गरेर आफुलाई जोर्डनका लागि टिममा समावेश गराउन आग्रह गरेका थिए । फोनमा अध्यक्ष शेर्पाले उनलाई मुख्य प्रशिक्षक सुनिल श्रेष्ठलाई भेटेर कुरा गर्न भनेका थिए ।

‘म्यानेजर (निरोज खड्गी) सँग कुरा गर्दा १० दिन मात्रै समय रहेको र जोर्डन जाने टिमको तयारी भैसकेको प्रतिक्रिया पाए ।’ रोशनले भने ।

मुख्य प्रशिक्षक श्रेष्ठले भने आफुलाई रोशनको कारबाहीको विषयमा कुनै जानकारी नभएको बताए । उनले रोशन छनोटमा नआएको समेत प्रतिक्रिया दिए ।

‘सम्पर्कमा आएको थियो । तर जोर्डन जाने टिमको तयारी भईसकेको थियो,’ प्रशिक्षक श्रेष्ठले भने ।

उनले गोलरक्षक आफ्नो क्षेत्र नभएको र वरिष्ठ उपाध्यक्षको छोरालाई टिममा राखेको बिषयमा आफुलाई कुनै जानकारी नभएको बताए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
कप्तान किरण ब्रान्ड एम्बेसडर
कप्तान किरण ब्रान्ड एम्बेसडर
भूपेन्द्र र सुदेनलाई बेलायतमा पदक
भूपेन्द्र र सुदेनलाई बेलायतमा पदक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP