एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आर्सनलले संघर्षपूर्ण जित निकालेको छ । आइतबार राति भएको खेलमा आर्सनलले एस्टन भिल्लालाई ३-२ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा १० खेलाडीमा सिमित आर्सनलले दुई पटकको अग्रता उल्टाएर जित निकालेको हो ।
खेलको २० औं मिनेटमा जोन मिकगीनले गोल गर्दै एस्टनलाई अग्रता दिलाएका थिए । खेलको ४१ औं मिनेटमा मैटल्याण्ड निल्सले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउदा आर्सनल १० खेलाडीमा समेटिएको थियो ।
दोस्रो हाफमा भने आर्सनल खेलमा फर्कियो । खेलको ५९ औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई १-१ को बराबरीमा ल्याए । ६० औं मिनेटमा वेस्लीले गोल गर्दै पुनः एस्टनलाई २-१ को अग्रता दिलाए ।
तर, खेलको ८१ औं मिनेटमा कलुम च्याम्बर्सले गोल गर्दै आर्सनललाई २-२ को बराबरीमा ल्याए । त्यसपछि खेलको ८४ औं मिनेटमा पिएरे एम्रिक आबुमियाङले गोल गर्दै आर्सनललाई ३-२ को जित दिलाए ।
जितसँगै आर्सनल लिगको चौंथो स्थानमा उक्लिएको छ । आर्सनलले ६ खेलमा ११ अंक जोडेको छ । पराजित एस्टन ४ अंक जोडेर पुछारबाट तेस्रोमा रहेको छ ।