एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लण्डन क्लब चेल्सीलाई हराएको छ । चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा लिभरपुलले २–१ को जित निकालेको हो ।
लण्डन क्लबविरुद्व जित निकाल्दै लिभरपुल तालिकाको शीर्ष स्थानमा यथावत छ । लिभरपुलको ६ खेलबाट १८ अंक भएको छ । चेल्सी ८ अंक सहित तालिकाको ११ औ स्थानमा छ ।
जितपछि लिभरपुलले दोस्रो स्थानको म्यान्चेष्टर सिटीसंग ५ अंक र चेल्सीसंग १० अंकको अग्रता लिएको छ ।

खेलको १४ औ मिनेटमा लिभरपुलले अलेक्जेण्डर अर्नोल्डको फ्रिकिक गोलबाट खेलमा अग्रता लिएको थियो । रोबर्टो फिर्मिन्होले ३० औ मिनेटमा हेड गोलमार्फत लिभरपुलको अग्रतालाई दोब्बर बनाएका थिए ।
खेलको ७१ औ मिनेटमा एन्टोनी कोन्टेले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने कोशिश गरेका थिए । तर थप गोल हुन नसकेपछि लिभरपुलले खेल आफ्नो पक्षमा पार्यो ।