काठमाडौं । जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटको चौंथो तथा अन्तिम खेलमा नेपालले अहिले श्रीलंकासँग प्रतिस्पर्धा गरिरहेको छ ।
अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा जारी खेलमा नेपालले श्रीलंकाविरुद्ध २-० को अग्रता बनाएको छ । पहिलो हाफमा १-० ले अघि रहेको नेपालले दोस्रो हाफमा थप एक गोल गरेको हो ।
खेलको ६४ औं मिनेटमा अनील चौलागाईले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए । यसअघि खेलको ३६ औं मिनेटमा मोहित गुरुङले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।
छनोटबाट बाहिरिसकेको नेपाल एक जित निकाल्दै घर फर्कन चाहन्छ । नेपाल तालिकाको चौंथो स्थानमा छ ।
यता, श्रीलंका पनि नेपालविरुद्ध पहिलो अंकको खोजीमा हुनेछ । प्रतियोगितामा श्रीलंका अंक जोड्न नसक्ने एक्लो टिम हो । श्रीलंका पुछारमा रहेको छ ।