एजेन्सी । जर्मन क्लब वायर्न म्युनिखका फरवार्ड रोबर्टो लेवान्डोस्कीले क्लबका लागि २ सय गोल पुरा गरेका छन् ।
च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति रेड स्टार बेलग्रेडविरुद्ध ३–० को जित निकाल्दा एक गोल गर्दै लेवान्डोस्कीले क्लबका लागि २ सयौं गोलको कोशेढुंगा पार गरेका थिए ।
खेलको ८० औं मिनेटमा लेवान्डोस्कीले गोल गरेका थिए । त्यसअघि किङ्सले कोम्यान र त्यसपछि थोमस मुलरले गोल गर्दा वायर्नले सहज जित निकालेको थियो ।
क्लबका लागि २ सयौं गोल गर्दा लेवान्डोस्कीको खुसी बेग्लै थियो । गोल गरेपछि उनले मनाएको खुसियालीबाट उक्त कुराको पुस्टि हुन्छ ।
३१ वर्षे लेवान्डोस्की क्लबका लागि सर्वाधिक गोल गर्ने पाँचौ विदेशी खेलाडी पनि हुन् ।
'हामीले खेल नियन्त्रणमा राखेका थियौं र हामीले धेरै मौकाहरु सिर्जना गरेका थियौं,’ लेवान्डोस्कीले भने, 'दोस्रो गोलपछि हामीलाई सजिलो भयो । म खुशी छु मैले फेरी गोल गरे ।’
सन् २०१४ मा बोरुसिया डर्टमण्डबाट वायर्न आएका लेवान्डोस्कीले गत हप्ता आरबी लेपजिङविरुद्ध गोल गर्दै क्लबका लागि १ सय ९९ गोल गरेका थिए ।