एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा इन्ग्लिश क्लब टोटेनहमले बराबरी खेलेको छ ।
बुधबार राति भएको खेलमा टोटेनहमले ग्रिसको क्लब ओलम्पिकाससँग २-२ गोलको बराबरी खेलेको हो ।
ओलम्पिकासको घरेलु मैदानमा २ गोलको अग्रता जोगाउन नसक्दा टोटेनहम बराबरीमा रोकिएको हो ।
खेलको २६ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै टोटेनहमलाई अग्रता दिलाए । खेलको ३० औं मिनेटमा लुकास मौराले गोल गरेपछि टोटेनहम २-० ले अघि रह्यो ।

तर, खेलको ४४ औं मिनेटमा डानिल पोडेन्सले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए । त्यसपछि खेलको ५४ औं मिनेटमा माथियु भल्ब्युनाले पेनाल्टीमा गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए ।
यो बराबरीसँगै समूह 'बी' को टोटेनहमले पहिलो खेलमा १ अंक जोडेको छ । ओलम्पिकासको पनि १ अंक छ ।
