• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
साफ यू - १८ : नेपाललाई चुनौती र अवसर
नमीन ढकाल
बुधबार, असोज १, २०७६ नमीन ढकाल
साफ यू - १८ : नेपाललाई चुनौती र अवसर

काठमाडौं । तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिप फुटबल नेपालमा आयोजना हुँदैछ । शुक्रबारबाट सुरु हुने च्याम्पियनसिप असोज १२ गतेसम्म चल्नेछ ।

घरेलु मैदानमा आयोजना हुने प्रतियोगिताको लागि नेपालले अन्तिम तयारी समेत गरिसकेको छ । नेपालले जया गुरुङको कप्तानीमा २३ सदस्सीय टोलीको घोषणा समेत गरिसकेको छ ।

हल्चोकस्थित सशस्त्र प्रहरी बल एपीएफको रंगशालामा मैदान उत्रदा नेपाल साविकको विजेताको हैसियतमा हुनेछ । नेपालले अघिल्ला दुई संस्करणकै उपाधि जितेको थियो । नेपालमै भएको पहिलो र भुटानमा भएको दोस्रो संस्करणको उपाधि नेपालले जितेको थियो ।

नेपाल यस संस्करणको उपाधि जित्दै ह्याट्रिक गर्ने दाउमा हुनेछ । तर, घरेलु मैदानमा उपाधि जोगाउन नेपालले ठुलो चुनौती पन्छाउनु पर्नेछ ।

तर, नेपाली टोलीका मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठ भने घरेलु मैदानमा आफ्नो टोलीले उपाधि जित्नेमा विश्वस्त छन् । प्रतियोगिताको लागि टिम राम्रो रहेको र बेन्च पनि बलियो रहेकाले नेपालले प्रतियोगिता ह्याट्रिक गर्नेमा आफु विश्वस्त रहेको प्रशिक्षक श्रेष्ठको भनाई छ ।

'समग्रमा टिम राम्रो छ । हाम्रो बेन्च पनि राम्रो छ । यो टिमबाट धेरै आशा छ । उत्साहका साथ खेलाडीहरु तयारी गरिरहेका छन् । खेलाडीको आत्मविश्वास राम्रो छ । हामी उपाधि जित्नेमा विश्वस्त छौं,’ श्रेष्ठले खेलपाटीसँग भने ।

प्रतियोगिताका लागि नेपालले साउन तेस्रो साताबाट टिमको तयारी सुरु गरेको थियो । पहिलो चरणमा ललित स्मृति यू-१८ प्रतियोगिता, जिल्लामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी र कोरियाको एकेडेमीबाट खेलिरहेका मनिष डाँगीसहित ४६ खेलाडी बोलाईएको थियो । र, प्रशिक्षक श्रेष्ठले चरणबद्ध प्रशिक्षणपछि २३ सदस्सीय टिम तयार गरेका छन् ।

उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य लिएको नेपालले शुक्रबार माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । समूह 'ए' मा रहेको नेपालले दोस्रो खेलमा असोज ५ गते भुटानसँग खेल्नेछ । समूह 'बी' मा भारत, श्रीलंका र बंगलादेश रहेका छन् । समूहका शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् ।

सहज मानिएको समूहमा रहेको नेपाललाई सेमिफाइनल पुग्न कठिन भने हुने छैन । त्यसपछिका खेलमा भने नेपालले कठिन चुनौती पार गर्नु पर्ने हुन्छ । किनकि अर्को समूहमा रहेका भारत र बंगलादेश निकै अब्बल टिम रहेको छ । यो कुरा प्रशिक्षक श्रेष्ठले समेत बुझेका छन् ।

'पहिला राम्रो नतिजा आएको थियो । यसपटक चुनौती बढि नै छ । भारत र बंगलादेश निकै बलिया छन्,’ प्रशिक्षक श्रेष्ठ भन्छन् ।

प्रतियोगिता अघि नेपाली टोलीलाई अन्तराष्ट्रिय खेलको अनुभव बटुल्ने अवसर भने मिलेन । भारत, माल्दिभ्स र बंगलादेशले भने प्रतियोगिताअघि अन्तर्राष्ट्रिय अनुभव बटुलेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल राख्न नसकेपछि प्रशिक्षक श्रेष्ठ टिम लिएर अन्तिम तयारी गर्न पोखरा पुगेका थिए ।

पोखरामा नेपाली टोलीले जिल्ला स्तरिय टिमसँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसअघि नेपालले काठमाडौंमा विभागीय टिमसँग केहि अभ्यास खेल खेलेको थियो । त्यसैले प्रशिक्षक श्रेष्ठ तयारीमा भने खुसी छैनन् ।

'पोखराको तयारी त्यति राम्रो भएन । सोचेको जस्तो तयारी गर्न टिम भएन । त्यसैले हाम्रो तयारी यतिमै सिमित छ,’ श्रेष्ठले भने ।

तर, केहि अनुभवी खेलाडी र कोरियाको एकेडेमीमा रहेर खेलिरहेका मनिषको आगमनले प्रशिक्षक श्रेष्ठलाई केहि राहत मिलेको छ ।

टिममा मनिषसँगै नितिन थापा, व्रिजेश चौधरी, जया गुरुङ, मनिष थापा जस्ता खेलाडी टिममा हुनु प्रशिक्षक श्रेष्ठले बलियो पक्ष मानेका छन् । राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहँदै आएका नितिन पछिल्लो समय एएफसी यू–२३ च्याम्पियनसिप छनोट खेलेको थिए ।

'हामीले अन्तराष्ट्रिय अनुभव नपाएको हो । तर, अन्तराष्ट्रिय प्रतियोगिता खेलेका खेलाडी छन् । मिडफिल्डरमा रहेका खेलाडी सबै राम्रा छन् । त्यसले धेरै सहयोग पर्छ उपाधि जित्नको लागि । उनिहरुले अगाडि पछाडि राम्रो गर्न सक्छन्,'
प्रशिक्षक श्रेष्ठ भन्छन् , 'मनिष पनि सेट भैसकेका छन् । मनिषको आगमनसँगै हाम्रो खेलाडीलाई ५० प्रतिशत मोरल हाई छ । हाम्रो लक्ष्य भनेको उपाधि जित्ने हो । हामी जित्नको लागि खेल्छौं ।’

यस पटक प्रशिक्षक श्रेष्ठलाई टिमसँगै आफुलाई पनि प्रमाणित गर्न अवसर रहेको छ । यसअघि श्रेष्ठले नेपालको यू–१८ र यू–२१ को टिम हेरिसेका छन् । तर, दुवै पटक टिमलाई उपाधि जिताउन भने सकेका छैनन् । त्यसैले श्रेष्ठलाई पनि टिमसँगै आफुलाई प्रमाणित गर्ने मौका छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बिर्तामोड सेमिफाइनलमा
बिर्तामोड सेमिफाइनलमा
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
ब्वाइज युनियनले टार्‍यो रेलिगेसन खतरा
ब्वाइज युनियनले टार्‍यो रेलिगेसन खतरा
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
umbro nepal
  • ताजा समाचार
  • खेल आज
रोयल्स र गोल्डेनगेटको जित
रोयल्स र गोल्डेनगेटको जित
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
बिर्तामोड सेमिफाइनलमा
बिर्तामोड सेमिफाइनलमा
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
लालीगुराँस र क्यान्भास विजयी
लालीगुराँस र क्यान्भास विजयी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP