काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द इन्डोनेसियाको शीर्ष डिभिजन लिग लिगा वानको 'टिम अफ दि विक' मा परेका छन् ।
पर्सिजा जकार्ताका मिडफिल्डर रोहित यस हप्ताको टिम अफ दि विकमा परेका हुन् । रोहित करिब १८ महिनापछि टिम अफ दि विकमा पर्न सफल भएका हुन् ।
रोहितले आइतबार पीएसआइएसविरुद्ध २-१ गोलको जित निकाल्दा एक गोल गरेका थिए ।
जकार्ताले यस सिजन १६ खेलबाट १७ अंक जोडेको छ । जकार्ता १५ औं स्थानमा रहेको छ । १९ अंक जोडेको पीएसआइएस १२ औं स्थानमा छ ।
