काठमाडौं । सन् २०२० मा आयोजना हुने १३ औं संस्करणको साफ च्याम्पियनसिप बंगलादेशमा आयोजना हुने भएको छ ।
मलेसियाको क्वालालम्पुरमा बसेको साफको बैठकले १३ औं साफ बंगलादेशमा गर्ने निर्णय गरेको हो । १३ औं संस्करणको साफ सन् २०२० को सेप्टेम्बरमा हुनेछ ।
योसँगै बंगलादेशले लगातार दोस्रो पटक साफ आयोजना गर्ने भएको छ । सन् २०१८ को १२ औं साफ पनि बंगलादेशको ढाकामा भएको थियो ।
उक्त संस्करणमा भारतलाई २ - १ ले हराउँदै माल्दिभ्सले उपाधि जितेको थियो ।