काठमाडौं । नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिप फुटबलको सम्पूर्ण तयारी पुरा भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिपको तयारी पुरा भएको जनाएको छ ।
च्याम्पियनसिप हल्चोकस्थित सशत्र प्रहरीको एपीएफ मैदानमा हुनेछ । च्याम्पियनसिप असोज ३ गतेबाट १२ गतेसम्म हुनेछ ।
च्याम्पियनसिपको लागि माल्दिभ्सको टिम नेपाल आईसकेको एन्फाले जनाएको छ । बाँकी टिम केहि दिन भित्रमा आईसक्ने एन्फाले जनाएको छ ।
यस्तै एन्फाले च्याम्पियनसिपका लागि टिकट मूल्य समेत तोकेको छ । एन्फाले च्याम्पियनसिपका लागि टिकट मूल्य ५ सय राखेको छ ।
एन्फाले प्रतियोगिता नेपाल टेलिभिजनको एनटीभी प्लसबाट प्रत्यक्ष प्रशारण हुने समेत जनाएको छ ।
च्याम्पियनसिपमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका,भुटान र माल्दिभ्सले प्रतिस्पर्धा गर्ने छन् । नेपालको समूह 'ए' मा माल्दिभ्स, भुटान छन् । नेपालले माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
समूह 'बी' मा भारत, बंगलादेश र श्रीलंका रहेका छन् । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् ।
च्याम्पियनसिपका लागि नेपालले मंगलबार नै २३ सदस्सीय टोलीको घोषणा गरिसकेको छ ।
नेपाली टिम :
गोलरक्षक : विशाल सुनार, सुर्य अधिकारी, पुजन होना
डिफेन्डर : बिशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नविन गुरुङ, रोहन दोङ, अलिक रुम्बा, एन्जल महर्जन
मिडफिल्डर : शिशिर लेखी, रोशन राना मगर, आकाश बुढा मगर, जया गुरुङ, मनिष थापा, कौशल फुयाल, नितिन थापा
स्ट्राइकर : ब्रिजेश चौधरी, साचु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ, मनिष डाँगी