काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ति मगर आज माल्दिभ्स जाने भएका छन् ।
टिसी स्पोर्टस क्लबबाट माल्दिभ्सको धिवेही प्रिमियर लिग खेलिरहेका विमल टिममा सामेल हुन त्यसतर्फ जान लागेका हुन् । विमल साँझ माल्दिभ्स जाने छन् ।
विमल कतारमा सन् २०२२ को विश्वकपका लागि एसिया छनोट खेलका लागि नेपाल आएका थिए । विश्वकप छनोट अन्तर्गत कुवेत र चाईनिज ताइपेसँगको खेलपछि विमल पुनः माल्दिभ्स जान लागेका हुन् ।
विश्वकप छनोटमा नेपालले कुवेतसँग ७-० को हार व्यहोर्दा ताइपेलाई २-० ले पराजित गरेको थियो ।
माल्दिभ्सको शीर्ष डिभिजन लिग धिवेही प्रिमियर लिगमा विमलले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।
विमलको टिम टिसी लिगको चौंथो स्थानमा रहेको छ ।