काठमाडौं । नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिप फुटबलका लागि नेपालले राष्ट्रिय टोलीको घोषणा गरेको छ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले मंगलबार दोस्रो चरणमा रहेका २५ खेलाडीबाट २३ सदस्सीय टोलीको घोषणा गरेका हुन् ।
गोलकिपर रोहित कार्की र मिडफिल्डर दिपेश गुरुङ नेपाली टोलीको अन्तिम छनोटबाट बाहिरिएका छन् ।
साफ यू–१८ फुटबल आगामी असोज ३ गतेबाट १२ गतेसम्म हुनेछ । शसस्त्र प्रहरी बलको मैदान हलचोकमा हुने प्रतियोगितामा नेपाल समूह 'ए' मा रहेको छ ।
नेपालको समूहमा माल्दिभ्स, भुटान छन् । नेपाल यस अघिका दुवै संस्करणको च्याम्पियन टिम हो ।
नेपालले माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
नेपाली टिम :
गोलरक्षक : विशाल सुनार, सुर्य अधिकारी, पुजन होना
डिफेन्डर : बिशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नविन गुरुङ, रोहन दोङ, अलिक रुम्बा, एन्जल महर्जन
मिडफिल्डर : शिशिर लेखी, रोशन राना मगर, आकाश बुढा मगर, जया गुरुङ, मनिष थापा, कौशल फुयाल, नितिन थापा
स्ट्राइकर : ब्रिजेश चौधरी, साचु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ, मनिष डाँगी