एजेन्सी । केलियन एम्बाप्पे र ईडिन्सन काभानीले च्याम्पियन्स लिग फुटबल अन्तर्गत रियल मड्रिडविरुद्वको खेल गुमाउने भएका छन् ।
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले आफ्ना फरवार्डद्वयले घरेलु मैदानमा रियल मड्रिडविरुद्वको खेल गुमाउने पक्का गरेका हो ।
पीएसजीले च्याम्पियन्स लिग फुटबलको पहिलो खेल घरेलु मैदानमा स्पेनिस महारथी रियल मड्रिडसंग खेल्दैछ ।
पीएसजीका दुई स्टार खेलाडीले चोटका कारण च्याम्पियन्स लिगको खेल गुमाउने पक्का भएको हो ।
पीएसजीले हप्तादिनमा अभ्यास सत्रमा भने दुवै खेलाडी सहभागी हुने बताएको छ ।
एम्बाप्पेले समेत समाजिक सञ्चारमार्फत मड्रिड क्लबविरुद्व आफु नखेल्ने जानकारी दिएका छन् ।
'अब यो आधिकारिक हो । घरेलु मैदानमा रियलविरुद्वको च्याम्पियन्स लिगको पहिलो खेलमा म हुने छैन । खेल्न नपाउँदा म साह्रै दुखी छु । म सबै समर्थकलाई टिमको पक्षमा उभिन आग्रह गर्छु । म सतप्रतिसत फर्कनेमा आशावादी छु । र आफ्नो सतप्रतिशत दिनेछु ।' उनले भनेका छन् ।
पीएसजीको मेडिकल रिपोर्टले समेत कोलिन डग्बाले समेत टिममा हुनेछैनन् ।
नेयमार निलम्बनको कारण च्याम्पियन्स लिगका सुरुवाती खेल गुमाउनेछन् ।