एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडका गोलकिपर डेभिड डी गियाले क्लबसँग ४ वर्षे नयाँ सम्झौता गरेका छन् ।
स्पेनिस गोलकिपर डी गियाले युनाइटेडसँग सोमबार ४ वर्षको नयाँ सम्झौता गरेका हुन् ।
युनाइटेडसँगको नयाँ सम्झौतासँगै डी गिया सन् २०२३ सम्म क्लबमा रहने छन् । युनाइटेडका पहिलो रोजाईका किपर डी गियाको क्लबसँगको सम्झौता यसै सिजनको अन्त्यबाट सकिदै थियो ।
२८ वर्षे सन् २०११ मा स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट युनाइटेड आएका थिए । डी गियाले युनाइटेडबाट ३६७ खेलमा १३० क्लिन सिट निकालेका थिए ।
डी गियाले युनाइटेडबाट १ प्रिमियर लिग, १ एफए कप, १ लिग कप र १ युरोपा लिग जितेका छन् ।