एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सी प्रशिक्षणमा फर्किएका छन् ।
खुट्टाको पिडुलाको चोटको कारण मैदान बाहिर रहेका मेस्सी आइतबारबाट प्रशिक्षणमा फर्किएका हुन् ।
चोटका कारण मेस्सीले यो सिजन खेलेका छैनन् । मेस्सीबिनाको बार्सिलोनाले यस सिजन ४ खेलमा २ जितसहित ७ अंक जोडेको छ ।

तर, मेस्सी च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत जर्मन क्लब बोरुसिया डर्टमण्डसँगको खेलअघि प्रशिक्षणमा फर्किएका हुन् ।
बार्सिलोनाले बुधबार डर्टमण्डसँग उसैको मैदानमा खेल्दै च्याम्पियन्स लिगको सुरुवात गर्नेछ । डर्टमण्डसँगको खेल मेस्सी मैदान उत्रने सम्भावना रहेको बताईएको छ ।