एजेन्सी । आर्सनलबाट लोनमा ईटालियन सिरि ए पुगेका हेनरिक माखेरिटियनको गोलमा रोमाले जित हासिल गरेको छ । आईतबार राति घरेलु मैदानमा भएको खेलमा रोमाले सासुओलोलाई ४–२ गोल अन्तरले हराएको हो ।
रोमाले खेलको १२ औ मिनेटमा वार्यन क्रिस्टान्टेको गोलबाट अग्रता लिएको थियो । १९ औ मिनेटमा इडिन जेकोले घरेलु टोलीको अग्रता दोब्बर पारेका थिए ।
माखेरिटियनले २२ औ मिनेटमा डेब्यु गोल गर्दै रोमालाई ३–० को स्थितीमा पु¥याएका थिए ।
जस्टिन क्लुईवर्टले ३३ औ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा ४–० ले अघि बढाएका थिए ।

दोस्रो हाफमा पाहुना टोलीले दुई गोल फर्काएपनि हार टार्न भने सकेन । ५३ र ७२ औ मिनेटमा बेर्डीले गोल गर्दै सासुओलोलाई खेलमा फर्काउने कोशिश गरेका थिए ।
सिजनमा रोमाको यो पहिलो जित हो ।
रोमा ३ खेलबाट ५ अंक जोड्दै तालिकाको आठौं स्थानमा छ । सासुओलो ३ अंक सहित १२ औ स्थानमा छ ।