काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम बार्बाडोस ट्रिडेन्टले क्यारेबियन क्रिकेट लिग (सीपीएल) क्रिकेटमा अहिले जमैका तालेवाजसँग प्रतिस्पर्धा गरिरहेको छ ।
किङ्सटनमा सन्दीपको टिम बार्बाडोसले जमैकालाई जितका लागि १४१ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको बार्बाडोसले २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनायो ।
बार्बाडोसका लागि एश्ले नर्सले ३७ तथा जेपी डुमिनीले ३१ रन बनाए । त्यस्तै लेनिको बाउचरले १५ तथा एलेक्स हेल्स र जोन्सन चार्ल्सले १२/१२ रन बनाए । सन्दीपले अविजित रहदै १० रन बनाए ।
जमैकाका जाहिर खानले ३ विकेट लिए । यस्तै जर्ज वर्कर र रामेल लेविसले २/२ विकेट लिए ।