एजेन्सी । कीर्तिमानी प्रशिक्षक रुडी गुटेनडर्फको ९३ बर्षको उमेरमा निधन भएको छ । विश्व कीर्तिमानधारी प्रशिक्षक रुडीको ९३ बर्षको उमेरमा निधन भएको हो ।
उनले ५ महादेशका ३२ देशका ५५ टिमलाई प्रशिक्षण दिएका छन् । रुडी नेपालको पूर्व प्रशिक्षक समेत हुन् ।
उनले जर्मन फुटबल टिमको प्रशिक्षक सहित ईरान र चीनको ओलम्पिक टिमको नेतृत्व गरेका थिए ।
रुडीले करिब ५० बर्ष प्रशिक्षकको रुपमा काम गरे ।
बिश्राम रहित काम गर्ने रुडीले स्विक टोली ब्लु स्टार जुरिचलाई सन् १९५० मा प्रशिक्षण दिएका थिए । उनले प्रशिक्षकको रुपमा अन्तिम काम सन् २००३ मा समोआमा गरेका थिए ।
जर्मन फुटबल संघका उपाध्यक्ष रेनर कोचले उनलाई जर्मन फुटबलका उत्कृष्ट राजदुत भनेका छन् ।
'हामीले उनलाई गुमाएका छौ । जसले हरेक दिन ठुलो दि र सकारात्मक सोचको माध्यमबाट हामीलाई हौसला प्रदान गरे ।' उनका परिवारले बताएका छन् ।