एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका स्ट्राइकर लुइस स्वारेजले ला लिगा अन्तर्गत भ्यालेन्सियाविरुद्ध गरेको गोल पूर्व प्रशिक्षक लुइस इन्रिकेको दिवंगत छोरी साना मार्टिनेजलाई समर्पित गरेका छन् ।
शनिबार राति बार्सिलोनाले भ्यालेन्सियालाई ५-२ ले पराजित गर्दै स्वारेजले २ गोल गरेका थिए । र, उक्त गोल स्वारेजले मार्टिनेजलाई समर्पित गरेका छन् ।
क्यान्सरबाट पीडित साना मार्टिनेजको ९ वर्षको उमेरमा दुई साताअघि निधन भएको थियो । मार्टिनेज पछिल्लो पाँच महिनाबाट हड्डीको क्यान्सरबाट पीडित रहेकी थिइन् ।

