एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आज (आइतबार) आर्सनलले वाट्फोर्डको सामना गर्दैछ । वाट्फोर्डको मैदानमा हुने खेल नेपाली समय अनुसार बेलुका ६:१५ मा सुरु हुनेछ ।
घरेलु टिमविरुद्ध मैदान उत्रदा आर्सनल तेस्रो जितको खोजीमा हुनेछ । र, आर्सनल लिगको शीर्ष तीनमा उक्लन चाहन्छ ।
आर्सनलले लिगको ४ खेलमा २ जित, एक बराबरी र एक हार व्यहोरेको छ । आर्सनल लिगको सातौं स्थानमा छ ।
यता, घरेलु टिम वाट्फोर्ड बलियो टिम आर्सनललाई पराजित गर्दै पहिलो जित निकाल्न चाहन्छ । चार खेलमा ३ हार र एक बराबरी खेलेको वाट्फोर्ड लिगको पुछारमा रहेको छ ।
लिग अन्तर्गत नै एभर्टनले बर्नेमाउथको सामना गर्नेछ । लिगमा ७ अंक जोडेको एभर्टन पनि तेस्रो जितको खोजीमा हुनेछ । बर्नेमाउथ भने दोस्रो जित निकाल्ने योजनामा हुनेछ ।