एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा साविकको विजेता म्यानचेस्टर सिटी पराजित भएको छ ।
शनिबार राति भएको खेलमा सिटी नर्विच सिटीसँग ३-२ गोल अन्तरले पराजित भएको हो ।
घरेलु मैदानमा नर्विचलाई जित दिलाउन केनी म्याकलिन, टोड क्यान्टवेल र टेमु पुकीले एक एक गोल गरे । सिटीका सर्जियो अग्युरो र रोड्रीगोले एक एक गोल फर्काए ।

खेलको १८ औं मिनेटमा म्याकलिनले गोल गर्दै नर्विचलाई अग्रता दिलाएका थिए । २८ औं मिनेटमा क्यान्टवेलले गोल गर्दा घरेलु टोली २-० ले अघि रह्यो । तर, खेलको ४५ औं मिनेटमा अग्युरोले गोल गर्दै सिटीलाई २-१ को स्थितिमा फर्काए ।
खेलको ५० औं मिनेटमा पुकीले गोल गर्दै नर्विचलाई ३-१ को अग्रता दिलाए । त्यसपछि खेलको ८८ औं मिनेटमा रोड्रिगोले गोल गरेपनि सिटी ३-२ ले पराजित भयो ।

सिटीको लिगमा यो सिजनको पहिलो हार हो । दोस्रो स्थानको सिटीले ५ खेलबाट १० अंक जोडेको छ ।
नर्विचको यो दोस्रो जित हो । नर्विचको ५ खेलबाट ६ अंक रहेको छ ।


