काठमाडौं । जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपालले फराकिलो हार व्यहोरेको छ ।
शनिबार भएको खेलमा नेपाल घरेलु टोली जोर्डनसँग ७-० गोलको फराकिलो अन्तरले पराजित भएको हो ।
अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा जोर्डनसँग नेपालले पहिलो हाफमा ५ र दोस्रो हाफमा दुई गोल खाएको थियो ।
सन् २०२० मा आयोजना हुने यू-१६ च्याम्पियनसिपको छनोट अन्तर्गत समूह 'ए' मा रहेको नेपालले अब दोस्रो खेलमा सोमबार कुवेतसँग खेल्नेछ ।
नेपाल र जोर्डनबीचको खेल तस्बिरमा हेर्नुहोस् ।
तस्बिर : जोर्डन फुटबल







