एजेन्सी । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले साँघुरो जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले स्ट्रासबर्गलाई १-० ले हराएको छ ।
घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन नेयमारले निर्णायक गोल गरे । खेलको इन्जुरी समयमा नेयमारले बाईसाइकल किकमा गोल गर्दै पीएसजीलाई जित दिलाए ।
जितसँगै पीएसजीले ५ खेलबाट १२ अंक जोडेको छ । पीएसजीको यो चौंथो जित हो । जितसँगै पीएसजी लिगको शीर्ष स्थानमा यथावत रहेको छ ।
स्ट्रासबर्गले ५ खेलबाट ३ अंक जोडेको छ ।