काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपालले अहिले जोर्डनको सामना गरिरहेको छ ।
जोर्डनको अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशाला नेपाल घरेलु टिमसँग ७-० ले पछाडी परेको छ । पहिलो हाफमा ५-० ले पछि रहेको नेपालले दोस्रो हाफमा थप दुई गोल खाएको छ ।
सन् २०२० मा आयोजना हुने च्याम्पियनसिपको छनोटमा नेपाल समूह 'ए' मा रहेको छ । नेपालको समूहमा आयोजक जोर्डनसँगै कुवेत, ताजकिस्तान र श्रीलंका रहेका छन् ।
नेपालले जोर्डनपछि दोस्रो खेल भदौ ३० गते कुवेतसँग खेल्नेछ । तेस्रो खेलमा असोज ३ गते ताजकिस्तानको सामना गर्दा नेपालले अन्तिम खेल असोज ५ गते श्रीलंकासँग खेल्नेछ ।
प्रतियोगिताको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् ।