एजेन्सी । रियल मड्रिडका अट्याकिङ मिडफिल्डर इडेन हजार्डले स्पेनिस ला लिगामा डेब्यु गरेका छन् ।
घरेलु मैदानमा लेभान्टेविरुद्ध मैदान प्रवेश गर्दै हजार्डले ला लिगामा डेब्यु गरेका हुन् ।
चोटका कारण मैदान बाहिर रहदै आएका हजार्ड खेलको ६० औं मिनेटमा कासिमिरोको स्थानमा मैदान प्रवेश गर्दै लिगमा डेब्यु गरेका हुन् ।
बेल्जियमका कप्तान हजार्ड इन्ग्लिश क्लब चेल्सीबाट यसै सिजन रियल आएका हुन् । तर, चोटका कारण उनले सुरुवाती खेल खेल पाएका थिएनन् ।