एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडका गोलकिपर डेभिड डी गियाले क्लबसँग ४ वर्षे नयाँ सम्झौता गरेका छन् ।
इन्ग्लिश अनलाईन मिररले स्पेनिस गोलकिपर डी गियाले युनाइटेडसँग ४ वर्षको सम्झौता गरेको जनाएको छ । मिररले २४ घण्टाभित्र क्लब र डी गियाबीच औपचारिक सम्झौता हुने समेत बताएको छ ।
युनाइटेडसँगको नयाँ सम्झौतासँगै डी गिया सन् २०२३ सम्म क्लबमा रहने छन् ।
युनाइटेडका पहिलो रोजाईका किपर डी गियाको क्लबसँगको सम्झौता यसै सिजनको अन्त्यबाट सकिदै थियो ।
२८ वर्षे सन् २०११ मा स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट युनाइटेड आएका थिए ।