एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा साबिकको विजेता युभेन्ट्सले आज (शनिबार) फियोरेन्टिनासँग प्रतिस्पर्धा गर्दैछ ।
फियोरेन्टिनाको मैदानमा हुने खेल नेपाली समय अनुसार ६:४५ मा सुरु हुनेछ । र, घरेलु टिमसँग मैदान उत्रदा युभेन्ट्स लगातार तेस्रो जितको खोजीमा हुनेछ ।
स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको साथ पाउने युभेन्ट्स तेस्रो जितसहित शीर्ष स्थानमा उक्लन चाहन्छ । युभेन्ट्स २ खेलमा अपराजित रहदै ६ अंक जोडेर लिगको तेस्रो स्थानमा रहेको छ ।
तर, घरेलु टिमविरुद्ध युभेन्ट्स केहि शतर्क भएर खेल्नेछ । किनकी फियोरेन्टिना बलियो टिमलाई हराउँदै पहिलो अंक जोड्न चाहन्छ । दुई खेलमा हार व्यहोरेको फियोरेन्टिना घरेलु मैदानमा अंक खोस्ने योजनामा हुनेछ ।
यस्तै अर्को खेलमा नापोलीले साम्पडोरियासँग खेल्नेछ । घरेलु मैदानमा नापोली दोस्रो जितको खोजीमा हुनेछ । साम्पडोरिया पहिलो जित निकाल्न चाहन्छ ।
शनिबार नै राति हुने खेलमा इन्टर मिलानले उडिनेससँग खेल्नेछ । इन्टर तेस्रो जितेको खोजीमा मैदान उत्रने छ ।