• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
यू-१९ एसिया कप : नेपालको प्रदर्शन कस्तो ?
खेलपाटी संवाददाता
शुक्रबार, भदौ २७, २०७६ खेलपाटी संवाददाता
यू-१९ एसिया कप : नेपालको प्रदर्शन कस्तो ?

काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रिकेट श्रीलंकामा जारी छ । तर, नेपाली यू-१९ क्रिकेट टिम स्वदेश फर्किसकेका छ ।

समूह चरणबाटै बाहिरिएपछि नेपाली टिम बुधबार नै स्वदेश फर्किएको हो ।

एसिया कपको ३ खेलमा १ जित हात पारेको नेपालले सेमिफाइनलको यात्रा भने तय गर्न सकेन ।

नेपाल दोस्रो पटक एसिया कपको सेमिफाइनल पुग्ने लक्ष्य सहित श्रीलंका प्रस्थान गरेको थियो । प्रतियोगिता सुरु हुनु भन्दा करिब २ हप्ताअघि श्रीलंका पुगेको नेपालले ३ अभ्यास खेल समेत खेल्ने मौका पाएको थियो । अभ्यास खेल र करिब २ हप्ताको श्रीलंका बसाइले प्रतियोगितामा नेपाललाई मद्दत मिल्ने अनुमान नेपालको थियो ।

सन् २०१७ को संस्करणमा नेपालले भारतलाई पराजित गरेको थियो । समूह चरणको खेलमा भारतलाई १९ रनले पराजित गर्दै नेपाल इतिहासिक जितसहित सेमिफाइनल पुगेको थियो । कुनै पनि क्रिकेटमा नेपालले भारतलाई पराजित गरेको त्यो नै पहिलो पटक हो ।

यस संस्करणमा पनि नेपालले त्यहीँ प्रदर्शन गर्ने अनुमान गरिएको थियो । कप्तान रोहित कुमार पौडेल, पवन सर्राफ, सन्दीप जोरा र भिम सार्की जस्ता खेलाडीले राष्ट्रिय टिमबाट समेत खेलिसकेका थिए ।  तर, नेपालले टेष्ट राष्ट्रसामु राम्रो चुनौती मात्र दिन सक्यो ।

प्प्ररतियोगितामा नेपालले सबै खेलमा पहिले ब्याटिङ गरेको थियो । नेपालको ब्याटिङ भन्दा बलिङ पक्ष बलियो मानिन्छ तर यस पटक नेपालको ब्याटिङमा राम्रो सुधार देखिएको थियो । सबै खेलमा पहिले ब्याटिङ गर्दै नेपालले चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो ।

पहिले खेलमा श्रीलंकासामु ४२ ओभरमा ९ विकेट गुमाएर १ सय ५९ रन नै नेपालको प्रतियोगिताको कम स्कोर हो । यस बाहेक बंगलादेशविरुद्ध पुरा ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६१ रन बनाएको थियो । जुन स्कोर नेपालको लागि सामान्य हैन । नेपालले दिएको उच्च लक्ष्य बंगलादेशले समेत अन्तिम ओभरको दोस्रो बलमा ४ विकेट गुमाएर पुरा गरेको थियो ।

यस्तै युएईविरुद्ध सुरुवाती ओभरमा ८ रनको स्थितिमा २ विकेट गुमाएको नेपालले पुरा ओभर खेल्दै प्रतियोगितामा आफ्नो सर्वाधिक स्कोर २ सय ८५ रन बनाएको थियो ।

समूह 'बी' मा रहेको नेपालले टेष्ट राष्ट्र श्रीलंका र बंगलादेशसँग हार व्यहोर्दा युएईमाथि भने शानदार जित निकालेको थियो ।

पहिलो खेलमा नेपाल आयोजक श्रीलंकासँग डीएल पद्दतिको आधारमा ५ विकेटले पराजित भएको थियो । यस्तै, गर या मरको खेलमा बंगलादेशसँग ६ विकेटले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो ।

अन्तिम खेलमा भने युएईलाई १६० रनले पराजित गर्दै नेपालले सान्त्वना निकालेको थियो । जितसंगै नेपालले युएईसँग आईसीसी यू-१९ विश्वकप छनोटमा व्यहोरेको हारको बदला समेत लिएको थियो ।

एसिया कपमा नेपालको स्कोरबोर्डमा कप्तान रोहित कुमार पौडेल सफल रहे । ३ खेलमा १ सय २८ रन प्रहार गरेका उनले युएईविरुद्ध ६७ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै ब्याटिङतर्फ सन्दीप जोरा दोस्रो सफल ब्याट्सम्यानका रुपमा रहे । इस्टर्न रिजन प्रतियोगितामा विश्राम पाएका उनले यस प्रतियोगितामा राम्रो कम्ब्याक गरे । उनले ३ खेलमा १ सय ४ रन बनाउन सफल रहे । जसमा उनले बंगलादेशविरुद्ध विस्फोटक ब्याटिङ गर्दै ३७ बलमा ३ चौका र ३ छक्कासहित ५६ रन बनाएका थिए ।

नेपालका लागि सर्वाधिक रन बनाउने सूचिको तेस्रो स्थानमा ओपनर रित गौतम रहे । ३ खेलमा ८६ रन बनाएका उनले पहिलो खेलमा ८६ बलमा सर्वाधिक ५४ रन बनाए तर बाँकी २ खेलमा भने मात्र ३२ रन जोडे जसमा युएईविरुद्ध गोल्डेन डक भएका थिए ।

३ खेलमा ८५ रन बनाएका अर्का ओपनर पवन सर्राफ नेपालका लागि एक इनिङ्समा सर्वाधिक रन बनाउने खेलाडी रहे । बंगलादेशविरुद्ध उनले ८१ रनको इनिङ्स खेल्दै नेपाललाई चुनौतिपूर्ण लक्ष्य प्रस्तुत गर्न ठुलो योगदान गरेका थिए ।

बलिङतर्फ राशिद खानले सर्वाधिक विकेट हात पारे । अलराउन्ड प्रदर्शन गरेका उनले ३ खेलमा ५ विकेट हात पारे । राशिदले ब्याटिङमा समेत ६५ रन बनाउँदा नेपालका सर्वाधिक रन बनाउने पाँचौं खेलाडी बने ।

यस्तै कमल सिंह ऐरी र सागर ढकालले समान ४/४ विकेट हात पार्दा पवनले ३ विकेट लिए ।

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
धोनीले तत्कालै सन्न्यास नलिने
धोनीले तत्कालै सन्न्यास नलिने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP