काठमाडौं । किर्गीस्तानमा जारी नादेझ्दा कप फुटबल प्रतियोगिताको उपाधिका लागि अहिले नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा भईरहेको छ ।
काराकोलस्थित सेन्ट्रल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा नेपाल १-० ले पछि परेको छ ।
नेपाली डिफेन्डरको गल्तीमा नेपालले ३९ औं मिनेटमा गोल खाएको छ ।
नेपाल र उज्वेकिस्तान दुवै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।