काठमाडौं । किर्गीस्तानमा जारी नादेझ्दा कप फुटबलको फाइनलमा अहिले नेपालले उज्वेकिस्तानसँग खेल्दैछ ।
काराकोलस्थित सेन्ट्रल स्टेडियममा उज्वेकिस्तानविरुद्ध मैदान उत्रने नेपाली टोलीको प्लेईङ-११ सार्वजनिक भएको छ ।
बलियो टिम उज्वेकिस्तानविरुद्ध नेपालको अग्रपंक्ति सावित्रा भण्डारी र सरु लिम्बुले सम्हाल्ने छन् ।
खेल नेपाली समय अनुसार ३:४५ मा सुरु हुनेछ ।
नेपालको प्लेईङ- ११
गोलरक्षक : एन्जिला सुब्बा
डिफेन्डर : अमृता जैसी, पुनम जर्घा मगर, गिता राना, हिरा भुजेल
मिडफिल्डर : रेनुका नगरकोटी, अनिता बस्नेत, दिपा राई, मन्जली कुमारी योन्जन
स्ट्राइकर : सरु लिम्बु , सावित्रा भण्डारी