काठमाडौं । नैकाप गोल्डकप फुटबलको चौथो संस्करण शनिबारबाट सुरु हुने भएको छ ।
चन्द्रागिरी स्पोर्टस् क्लबको आयोजनामा हुने प्रतियोगितामा ३२ टिमले सहभागिता जनाउने छन् ।
दहचोकस्थित चन्द्रागिरी स्पोर्टस्को मैदानमा हुने प्रतियोगितामा सहभागी ३२ टिमलाई ४ समूहमा विभाजन गरिएको छ । प्रतियोगिता नकआउटका आधारमा खेलाईने छ ।

प्रतियोगिताको उद्घाटन खेलमा साविकको विजेता बार्सा नेपालले क्लिन भिजन युनिटी क्लबसँग खेल्नेछ । खेल दिउसो १ बजे सुरुहुने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल असोज १८ गते हुनेछ ।
स्पेनिस क्लब बार्सिलोनको समर्थनमा रहेको बार्सा नेपालले गत वर्ष वि आर ब्रदर्श फुटबल क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितको थियो ।
प्रतियोगिताको विजेताले ४ लाख तथा उपविजेता टिमले २ लाख प्राप्त गर्नेछ । प्रतियोगितामा उत्क्र्कृष्ट हुने टिमले २५ हजार प्राप्त गर्दा सर्वोकृष्ट खेलाडीले १० हजार पाउने छन्
। प्रतियोगितामा उत्कृष्ट डिफेन्डर, गोलरक्षक, प्रशिक्षक र सर्बाधिक गोलकर्ताले जनही १० हजार प्राप्त गर्नेछ ।