एजेन्सी । स्पेनिस क्लब भ्यालेन्सियाले मुख्य प्रशिक्षक मार्सेलिनोलाई बर्खास्त गरेको छ ।
लगातार दुई सिजन क्लबले १२ औं स्थान हासिल गरेपछि क्लबले प्रशिक्षक मार्सेलिनोलाई बर्खास्त गरेको हो ।
क्लबले मार्सेलिनोलाई बर्खास्त गर्दै बार्सिलोनाका पूर्व मिडफिल्डर अल्बर्ट सेलाडेसलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ ।
५४ वर्षे मार्सेलिनो सन् २०१७ मा क्लब आएका थिए । तर, क्लबले सोचेजस्तो प्रदर्शन गर्न नसक्दा मार्सेलिनो २ सिजनपछि बर्खास्तीमा परेको हो ।