काठमाडौं । भारतमा सम्पन्न पाचौं संस्करणको यू–१५ साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय यू–१५ फुटबल टिम नगदसहित सम्मानित हुने भएका छन् ।
भारतमा सम्पन्न च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाले नगदसहित सम्मान गर्ने जनाएको छ । एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाली यू-१५ टोलीका हरेक सदस्यलाई जनही २५ हजारले सम्मान गर्ने बताए ।
एएफसी यू–१६ च्याम्पियनसिप छनोट खेल्न जोर्डन जाने नेपाली राष्ट्रिय यू-१६ टोलीको विदाई कार्यक्रममा बोल्दै अध्यक्ष शेर्पाले पुरस्कारको घोषणा गरेका हुन् ।
भारतको कोलकत्तास्थित कल्याणीमा भएको प्रतियोगिताको फाइनलमा नेपाल भारतसँग ७-० गोल अन्तरले पराजित हुँदै उपविजेता बनेको थियो ।
नेपाली टिम :
गोलरक्षक : ईश्वर गुरुङ, मनोज दाहाल, जिनस केसी
डिफेन्डर : प्रज्ञान महर्जन, अभिषेक वाईवा, प्रमिश गुरुङ, अजय चौधरी, जान लिम्बु, रोशन थापा
मिडफिल्डर : जन्मे जय धामी, निराजन मल्ल, प्रदिप लम्साल, नितेश श्रेष्ठ, अशिम राई, विपिन तुम्सिङ मगर, अमिर हामिद, मोहित गुरुङ, निराजन खत्री, अनिल चौधरी
स्ट्राइकर : क्रिशन अधिकारी यादव, क्रिस सापकोटा, सुगन जिमी, शशांक बोहोरा