• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
बदलिएका विजय !
नमीन ढकाल
बुधबार, भदौ २५, २०७६ नमीन ढकाल
बदलिएका विजय !

काठमाडौं । एन्फा एकेडेमीका पहिलो ब्याजका खेलाडी हुन्, विजय गुरुङ ।

फुटबल संघले पहिलो पटक विजय सहित ४० खेलाडी समावेश गर्दैै एन्फा एकेडेमीको सुरुवात गरेको थियो ।

पहिलो ब्याजका धेरै खेलाडी फुटबल छाडिसके । कोही समाजसेवामा लागे, कोही व्यवसाय गरेर बसेका छन्, कोही भने प्रशिक्षकको रुपमा अगाडी बढेका छन् ।

तर विजय भने अझै पनि फुटबलमा रमाईरहेका छन् । फुटबलनै खेलिरहेका छन् । पहिलो ब्याजबाट खेलाडीको रुपमा सक्रिय विजय एक्ला खेलाडी हुन भन्दा फरक पर्दैन ।

उनका समकक्षी धेरैले फुटबल करियर छाडिसके । विजय अझै खेलाडीको रुपमा मैदानमा सक्रिय छन् ।

करिब ५ बर्षको अन्तरालमा गत बर्ष सहिद स्मारक ए डिभिजन लिग आयोजना भयो । विजय एकाएक हराए । ए डिभिजन लिगका कुनै क्लबमा उनी देखिएनन् ।

धेरैको अनुमान थियो, उनी पनि पलायन भए । सायद फुटबल छाडे ।

तर वास्तविकता फरक रहेछ । घर्कदो उमेरसंगै उनी व्यवसायमा ब्यस्त रहेछन् ।

रेलिगेशन बिनाको लिगको खासै अर्थ पनि थिएन । उनले चाहेको क्लब पनि पाएनन् । अनी उनले लिग नखेल्ने निर्णय लिए ।

तर उनले फुटबल छाड्न कहाँ सक्थे र ?

बढ्दो उमेरसंगै खेल विस्तारै सुस्ताउन थालेको थियो । तर मन भने मैदानमा अडिरहन्थ्यो ।

अनि उनी फुटसल खेलेर फुटबलको प्यास मेट्ने गर्दथे । ज्यानलाई फिट राख्न फुटसलमा रमाउने बानी विजयलाई परेको थियो ।

नेपालले इरानमा आयोजना हुने एएफसी फुटसल च्याम्पियनसिप छनोट खेल्ने तय भयो । त्यसकालागि एन्फाले खेलाडीको छनोट खुल्ला प्रतिस्पर्धाबाट गर्ने निर्णय गर्यो । जसमा विजय समेत सहभागी भए ।

विजयले राष्ट्रिय फुटबल टिमबाट आधिकारिक रुपमा सन्यासको घोषणा गरिसकेका छैनन् । तर उनले राष्ट्रिय टिममा आफु उपलब्ध हुन नसक्ने भनेर एन्फालाई बताईसकेका छन् ।

उनै विजय अहिले राष्ट्रिय फुटसल टिममा पर्न प्रयासरत छन् ।

कुनै समय राष्ट्रिय फुटबल टिमका स्टार खेलाडी विजय फेरी फुटसलमा छाउने प्रयासमा छन् । ‘राष्ट्रिय टिमबाट धेरै खेले । अव फुटसलमा नयाँ अनुभव लिन आएको छु । गृहजिल्लामा रहँदा फुटसल खेल्ने गर्थे । केहि गर्न सक्छु भनेर आएको हुँ ।’ विजयले खेलपाटीसंग भने ।

‘यो फाष्ट गेम हो । त्यो क्षमता मसँग छ र खेल्न सक्छु भनेरनै फुटसलमा आएको हुँ । सुरुवातनै टिममा पर्छु भन्नेमा विश्वस्त थिए ।’ राष्ट्रिय फुटसल टिमको प्रारम्भिक टोलीमा छनोट भएका विजय भन्छन् ।

फुटसल कमिटिले १ सय २० खेलाडीबाट प्रारम्भिक ४७ खेलाडीलाई टिममा बोलाएको थियो । विजय पनि टिममा पर्न सफल भए । अहिले २५ सदस्यीय टोलीले आन्तरिक प्रशिक्षण गरिरहेको छ ।

मुख्य प्रशिक्षक विष्णु गुरुङले अन्तिम १४ सदस्यीय खेलाडी छनोट गर्ने तयारी गरको छन् । विजय टिममा पर्ने एउटै लक्ष्य लिएर अभ्यास गरिरहेका छन् ।

विजय धेरैपछि काठमाडौंमा बसेर फुटसलको प्रशिक्षणमा सहभागी छन् । उनको दैनिकी फुटसलमा बितिरहेको छ ।

‘सय बढी खेलाडीबाट यहाँसम्म आईपुगको छु । टिममा पर्छु जस्तो लाग्छ । फुटसलबाट देशको लागि केहि गर्न सक्छु भनेर आएको हुँ ।’ उनले भने ।

साउथ तथा सेन्ट्रर जोनमा रहेको नेपाल समूह ए मा रहेको छ । नेपाललेको समूहमा बलियो उज्वेकिस्तान, ताजकिस्तान र अफगानिस्तान रहेका छन् । समूहको शिर्ष एक फाइनल चरणमा प्रवेश गर्नेछ ।

नेपालले कात्तिक ६ गते ताजकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । ७ गते उज्वेकिस्तान र ८ गते अफगानिस्तानको सामना गर्नेछ ।

गत बर्षको लिगमा उनले थ्रीस्टारबाट खेल्ने सोच बनाएका थिए । तर क्लबले कुनै चासो देखाएन । विजयले अन्य क्लबबाट खेल्ने सोच बनाएनन् ।

हुन त उनी फुटबलबाट दिक्क भैसकेको थिए ।

२०७२ सालको राष्ट्रिय लिगमा थ्रीस्टारलाई च्याम्पियन बनाउँदा अन्तिम खेलका म्यान अफ दि म्याच विजय भन्छन्, ‘खेलाडीलाई खेलेर खान गाह्रो छ । कति खेर के हुन्छ थाहाँ हुँदैन । राम्रो खेल्दा सबैको नजरमा परिन्छ । त्यसपछि कसैले वास्ता गर्दैन । लामो समय न लिग भयो, न राम्रो प्रतियोगिता । त्यसैले फुटबल भन्दा व्यवसायमा लाग्न उचित ठाने ।’

‘फुटबल मात्रै खेलेर खान नपुग्ने रहेछ । त्यसैले बाहिर पनि केहि गर्नुपर्छ । सोही कारण अहिले फुटबलबाट टाढानै छु । फुटबल गतिविधि के हुन्छ थाहा हुँदैन । अहिले राष्ट्रिय टिमका कति खेलाडीलाई त चिन्ननै गाह्रो लाग्छ ।’ विजयले भन्छन् ।

विजयमाथि लागेको अनुशासनको कारबाही यथावत छ । अघिल्लो कार्यसमितिले उनलाई अनुशासनको कारबाही गरेको थियो । सोही कारण उनले कोचिङ कोर्ष समेत गर्न पाएनन् ।

प्रशिक्षक ज्याक स्टोफोनिस्कीको समयान विजयले अन्तिम खेल खेल्दै राष्ट्रिय टिमबाट बाहिरिने सोच बनाएका थिए । तर उनी टिममा पर्न असफल भए ।

मोफसलमा राम्रो प्रदर्शन गरेपछि ज्याकले पुन उनलाई टिममा बोलाएका थिए । तर विजयले नजाने निर्णय गरे ।

‘मैले राष्ट्रिय टिमबाट अन्तिम खेल खेल्ने भनेको थिए । मलाई हटाईयो । पछाडी बोलाउँदा म आफै गईन । अनि मलाई कारबाही गरेको थाहा पाए ।’ विजय भन्छन् ।

फुटबल छाड्ने निर्णय लगत्तै उनले कोचिङ कोर्सका लागि निवेदन दिएका थिए । तर विजयको नाम निस्किएन । उनी अचम्मित भए । एन्फामा बुझे । अन्तिममा कारबाहीमा परेको खबर पाए । त्यसपछि विजयीलाई एन्फाको ढोका बन्द छ ।

फुटबल संघमा नयाँ नेतृत्व आएपछि पनि उनी एन्फा गएका छैनन् । तर पदाधिकारीसँग कोचिङ कोर्षका लागि अनुरोध गरेका छन् । उनी एन्फाको निर्णयको पर्खाईमा छन् । विजय पनि जुमानु राई, भोला सिलवाल, सन्तोष साहुखल जस्तै एन्फाबाट सुखद् विदाई चाहन्छन् ।

विजयले पछिल्लो समय विदेश पलायन हुने समेत नसोचेका हैनन । तर काठमाडौं फर्किएपछि उनको सोच बदलिएको छ । उनी इरानमा आयोजना हुने एएफसी फुटसल च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्न चाहन्छन् अनि एन्फाबाट कोचिङ कोर्ष गरेर फुटबल करियरको नयाँ ईनिङ्स सुरु गर्न चाहन्छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
रसले अर्को इतिहास कोर्लान्?
रसले अर्को इतिहास कोर्लान्?
अञ्जनलाई कीर्तिमानी गोलको दबाब
अञ्जनलाई कीर्तिमानी गोलको दबाब
‘एसियन कपमा पुग्ने क्षमता छ,  विश्वकपमा पुग्न यो स्तरले सक्दैन’
‘एसियन कपमा पुग्ने क्षमता छ, विश्वकपमा पुग्न यो स्तरले सक्दैन’
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
स्कटल्यान्डविरुद्ध  नेपालको रोमाञ्चक जित
स्कटल्यान्डविरुद्ध नेपालको रोमाञ्चक जित
सन्दीपको सानदार बलिङ, नेपाललाई सामान्य लक्ष्य
सन्दीपको सानदार बलिङ, नेपाललाई सामान्य लक्ष्य
टी-२० आईमा करणले लिए १०० विकेट
टी-२० आईमा करणले लिए १०० विकेट
नेपालले जित्यो टस
नेपालले जित्यो टस
प्रथम मिस्टर महानगर बडीबल्डिङ च्याम्पियनसिप असार ६ र ७ गते
प्रथम मिस्टर महानगर बडीबल्डिङ च्याम्पियनसिप असार ६ र ७ गते
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP