एजेन्सी । ब्राजिलको प्रहरीले ब्राजिलियन फरवार्ड नेयमारलाई बलात्कारको आरोप लगाउने महिलामाथि मुद्दा चलाएको छ ।
पुलिससँग झुटो बोल्दै खेलाडीलाई ब्लाकमेलिङ गरेको आरोपमा प्रहरीले उनलाई ठगीको मुद्दा चलाएको ब्राजिलियन मिडियाले जनाएको छ ।
ब्राजिलियन मोडल नाजिला त्रिन्दादीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमारले पेरिसको एक होटलमा आफुलाई बलात्कार गरेको भन्दै प्रहरीलाई उजुरी दिएका थिए ।
तर, ब्राजिलियन प्रहरीले पर्याप्त प्रमाण नपाईएको भन्दै नेयमारलाई सफाई दिएको थियो ।
प्रहरीले त्रिन्दादीसँगै उनको पूर्व पति स्टिभेन्स अल्भेसलाई पनि मुद्दा चलाएको छ ।
त्रिन्दादीका वकिलले भने प्रहरीको यो कार्यले आफुलाई चकित बनाएका बताएका छन् ।