काठमाडौं । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक योहान कालिनले नेपाली फुटबलले निरन्तर सुधार गरिरहेको बताएका छन् ।
विश्वकप छनोट अन्तर्गत चाईनिज ताईपेविरुद्व शानदार जित निकालेपछि प्रशिक्षक कालिनले आफुहरु चरणबद्व तरिकाले अघि बढिरहेको बताएका हुन् ।
'पहिलो पटक जित हात पार्दा राम्रो महशुश भईरहेको छ । निरन्तर राम्रो खेल्दा समेत नतिजा हात परेको थिएन । तर हामीले निरन्तर सुधार गरिरहेको छ ।' उनले भने ।
उनले दुवै गोल सेट पिस गर्न सफल रहेको भन्दै प्राप्त मौकालाई सदुपयोग गर्न सकेको उल्लेख गरे ।
ब्राजिली फुटबलको उदाहरण दिदै कालिनले विश्वकपमा ७–१ को फराकिलो हारपछि ब्राजिली फुटबलले राम्रो गरिरहेको बताए । नेपालको सन्दर्भमा समेत सो कुरा प्रमाणित भएको उनको भनाई छ ।
पहिलो खेलमा डिफेन्सले धेरै गल्ती गरेको उल्लेख गर्दै पहिलो खेलमा फरवार्ड भन्दा समेत डिफेन्समा समस्या देखिएको खुलाए ।
विश्वकप छनोटको पहिलो खेलमा नेपाल कुवेतसंग ७–० गोल अन्तरले पराजित भएको थियो ।
दुई गोल गरेका अन्जनको प्रसंसा गर्दै कालिनले अन्जलने आफुलाई प्रमाणित गरेर देखाएको बताए । नेपालले राम्रो टिम खेलेको उल्लेख गर्दै उनले नेपालले प्रर्दशनमा समेत सुधार गरेको धारणा राखे ।