काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने विश्वकप छनोट अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले अहिले चाईनिज ताइपेविरुद्व प्रतिस्पर्धा गरिरहेको छ ।
ताइपेको घरेलु मैदानमा ताइपे स्टेडियममा जारी खेलमा नेपालले २-० को अग्रता बनाएको छ ।
खेलको ६३ औं मिनेटमा अन्जन विष्टले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाएका हुन् । सुजलको हेड पासमा डिबक्सभित्रबाट अन्जनले उत्कृष्ट गोल गरे ।
यसअघि अन्जनले पहिलो हाफको तेस्रो मिनेटमा गोल गरेका थिए ।