काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने विश्वकप छनोट अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले अहिले चाईनिज ताइपेविरुद्व प्रतिस्पर्धा गरिरहेको छ ।
ताइपेको घरेलु मैदानमा ताइपे स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा नेपालले १-० को अग्रता बनाएको छ ।
खेलको तेस्रो मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् । रबि पासवानलाई लडाएपछि पाएको फ्रिकिकमा नेपालले गोल गरेको हो । सुजल श्रेष्ठको फ्रिकिकमा अन्जनले हेड गोल गर्दै नेपाललाई अग्रता दिलाए ।
खेलको पहिलो हाफमा ताइपे खेलमा फर्कने कोशिश गरेपनि सफल भएन् ।