काठमाडौं । विश्वकप छनोट अन्तर्गत चाईनिज ताईपेविरुद्व खेलका लागि नेपाली टिमको घोषणा गरिएको छ ।
प्रशिक्षक योहान कालिनले मुख्य फरवार्डमा विमल घर्तिमगरलाई मौका दिएका छन् ।
मिडफिल्डमा विशाल राई, सुजल श्रेष्ठ, अन्जन विष्ट, रोहित चन्द र रवि पासवान रहेका छन् ।
यस्तै डिफेन्समा अनन्त तामाङ, देबेन्द्र तामाङ, दिनेश राजवंशी र रजित धिमाल रहेका छन् ।
प्लेईङ सेटमा नियमित खेल्दै आएका बिक्रम लामालाई आराम दिईएको छ ।
गोलकिपरमा किरण चेन्जोङ नियमित छन् ।
नेपालको प्लेईङ -११ :
गोलकिपर : किरण चेम्जोङ
डिफेन्डर : अनन्त तामाङ, देबेन्द्र तामाङ, दिनेश राजवंशी , रञ्जित धिमाल
मिडफिल्डर : रोहित चन्द, अन्जन बिष्ट, सुजल श्रेष्ठ, विशाल राई, रबि पासवान
फरवार्ड : विमल घर्तिमगर