काठमाडौं । किर्गीस्तानमा जारी नादेझ्दा कप फुटबलको अन्तिम लिग खेलमा नेपालले अहिले ताजिकिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ ।
काराकोलस्थित सेन्ट्रल स्टेडियममा जारी खेलको दोस्रो हाफमा नेपालले १-० को अग्रता बनाएको छ । खेलको ८५ औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई १-० को अग्रता दिलाईन् ।
ताजिकिस्तानविरुद्ध नेपाल जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा रहेको छ । अघिल्ला दुई खेलमा एक जित र एक हार व्यहोरेको नेपाललाई फाइनल पुग्न एक जितको आवश्यकता रहेको छ ।
लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । यस्तै तेस्रो र चौंथोले तेस्रो स्थानमा लागि प्रतिस्पर्धा गर्नेछन् ।
नेपालले ताजिकिस्तानलाई पराजित नेपाल दोस्रो स्थानमा रहेर फाइनल पुग्नेछ । उज्वेकिस्तान फाइनल पुगिसकेको छ ।