बुधबार, ०४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

‘बुवाको सपना पुरा गर्नुछ’

शनिबार, २१ भाद्र २०७६नमीन ढकाल
‘बुवाको सपना पुरा गर्नुछ’
Loading ad...
mustang rice ad

काठमाडौं । बुबा र आमासँगै कोरिया पुगेको थिए, मनिष डाँगी । कोरियन एकेडेमीमा बसेर अध्ययनसँगै फुटबल शिल्प निखारिरहेका उनी चैतको पहिलो साता नेपाल आएका थिए ।

नेपाल आउनु एउटै कारण थियो, नागरिकता बनाउने ।

कोरिया पुगेको करिब ७ बर्षपछि नेपाल फर्कदा मनिष नेपाली सहजै बोल्न सक्दैन थिए । घर परिवारबाट टाढा रहेका उनी कोरियाली साथीसँग एकेडेमीमै रहन्थे ।

नेपाल फर्कदा उनले नागरिकता बनाउने मात्रै सोचेका थिए । तर नेपाल आएपछि उनले नागरिकतामात्र बनाएनन्, घरेलु फुटबलमा नयाँ परिचय समेत थपे ।

त्यो समय नेपालमा सी डिभिजन लिग चलिरहेको थियो । उनी जेम्स एकेडेमीमा पढ्दा उनलाई फुटबल सिकाउने गुरु थिए, उर्जन श्रेष्ठ । ए डिभिजन लिगमा ब्रिगेड बाइज क्लबका प्रशिक्षक उनै उर्जनले मनिषलाई नेपाल आएको समय सी डिभिजन लिग खेलाउने निर्णय गरे ।

मनिषले अब सी डिभिजन खालीबारी युथ क्लबबाट खेल्ने भए । अन्तिम तीन खेलमात्रै खेलेका उनले खालीबारीलाई सी डिभिजन लिगको च्याम्पियननै बनाए । तीन खेल मात्र खेल्न पाएका मनिषले धेरैको मन जित्न सफल भए । अनि घरेलु फुटबललाई एकपटक आफुतर्फ आकर्षित गर्न सफल भए । उनले छोटो समयमा धेरै सिनियरहरुको धाप पाए, चर्चाको बिषय बने ।

आफ्नो अद्भुत खेल कौशलबाट उनले तीन खेलमा ५ गोल गर्न सफल रहे । लिगको अन्तिम दिन उनै म्यान अफ दी म्याच घोषित भए ।

सी खेल्दै गर्दा उनले नागरिकता पनि बनाए । भखरै १७ बर्ष लागेका मनिष लगत्तै कोरिया लागे । तर उनी एकाएक घरेलु फुटबलका ‘हटकेक’ बनिसकेका थिए ।

Image may contain: 1 person, outdoor

नेपालले अब साफ यू–१८ आयोजना गर्ने भयो । खेलाडीको छनोट सुरु भयो । मुख्य प्रशिक्षक चेतनारायण समेत मनिषलाई प्रारम्भिक टोलीमा सम्झिए ।

दोस्रो पटक कोरिया लागेको मनिष भदौ १६ गते नेपाल ओर्लिए । तर यसपटक उनी देशलाई प्रतिनिधित्व गर्ने लक्ष्यका साथ नेपाल फर्किएका छन् ।

साफ आगामी असोज ३ देखि १२ गतेसम्म नेपालमै आयोजना हुँदैछ ।

प्रतियोगितामा नेपाल सहित भारत, भुटान, माल्दिभ्स, बंगलादेश र श्रीलङ्काले खेल्नेछन् ।

मुख्य प्रशिक्षक श्रेष्ठले समेत सी डिभिजनमा राम्रो प्रभाव छाडेपछि मनिषलाई टिममा बोलाएका छन् ।

प्रारम्भिक टोलीमा नाम समावेश हुदाँ मनिषमा पनि छुट्टै उत्साह थपिएको थियो । कारण, देशबाट खेल्ने उनको सपना साकार हुदै थियो ।

भदौ १६ गते नेपाल झरेका उनले मुख्य प्रशिक्षक क्षेष्ठ सहित टिमलाई प्रभावित पारिसकेका छन् ।

सोही कारण प्रशिक्षक श्रेष्ठले उनलाई २५ सदस्यीय टिममा समावेश गरेका छन् । चाँडै अन्तिम २३ सदस्यीय खेलाडी छनोट गर्ने एन्फाको तयारी छ ।

प्रशिक्षक श्रेष्ठ समेत मनिष साफका लागि नेपालको मुख्य हतियार हुने आशा व्यक्त गर्छन् ।

पहिलो पटक देशको चन्द्र सुर्य अकिंत जर्सी लगाउने तयारीमा रहेका मनिष भने बुवाको सपना साकार हुन लागेकोमा दंग छन् ।

मनिषका बुवा बैदेशिक रोजगारीको शिलशिलामा कोरिया पुगेका थिए । कामको शिलशिलामा कोरियामै बुवाको निधन भयो । तर मनिषका बुवा छोरालाई राष्ट्रिय टिमबाट खेलाउन चाहन्थे । छोराको खेल हेर्न चाहन्थे ।

तर भाग्यविधाताले जिवनको एक पटकथाको अन्त्य गरिदिएको छ । तर राष्ट्रिय टिमबाट खेलेको हेर्न चाहने बुवाको सपना पुरा गरेको अर्को पटकथा लेखिन बाँकीनै छ । मनिष त्यही कथा लेख्न चाहन्छन् । बुवाको अधुरो सपना पुरा गर्न चाहन्छन् ।

‘बुबाको सपना थियो, छोरालाई राष्ट्रिय टिमबाट खेलाउने । अब प्रमाणित गर्ने अवसर आएको छ । नेपालबाट खेल्न मन छ । बुबाको सपना पुरा गर्न लाग्नेछु ।’ यू–१८ राष्ट्रिय टिमको तयारीमा रहेका उनले भने ।

प्रशिक्षक श्रेष्ठ पनि मनिषको आगमनसँगै नेपालको आक्रमण लाईन बलियो हुने बताउँछन् ।

‘केटो राम्रो छ । हामीलाई फरवार्ड लाईनमा सहयोग हुन्छ । तर उसले आक्रमक मिडफिल्डर देख्दै आईरहेको रहेछ । अब फरवार्डकालागि तयार पार्छु ।’ प्रशिक्षक श्रेष्ठ भन्छन् ।

मनिष भने प्रशिक्षकको निर्देशन अनुसार फरवार्ड र मिडफिल्ड दुवैमा खेल्न सक्ने मान्यता राख्छन् ।

‘कोरियामा म प्राय आक्रमक मिडफिल्डर भएर खेल्छु । तर त्यस पोजिसनको खेलाडीले फरवार्ड र मिडफिल्डबाट खेल्न सक्ने हुन्छन् । प्रशिक्षकको रणनीति अनुसार खेल्छु ।’ मनिषले खेलपाटीसंग भन्छन् । नेपाल साफ यू–१९ र साफ यू–१८ दुबै संस्करणको विजेता हो । त्यसैले विगतको विरासत जोगाउने चुनौती नेपालसामु छ ।

नेपालमा सन् २०१५ र भुटानमा २०१७ मा भएको साफमा नेपाल च्याम्पियन बनेको थियो ।

सी डिभिजन लिगबाट एकाएक चर्चामा आएर मनिषले आफुलाई प्रमाणित गर्न साफ च्याम्पियनसिप निकै महत्वपुर्ण रहेको मान्छन् । घरेलु् भुमिमा आफुलाई प्रमाणित गर्ने अवसर मनिषका अगाडी छ ।

याे पनि, एन्फा मैदानमा मनिषको 'काेरियन शैली'

 
Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपको निर्देशन लत्याउँदै एन्फा

राखेपको निर्देशन लत्याउँदै एन्फा

९ महिनामै कमजोर देखिएको इन्टर

९ महिनामै कमजोर देखिएको इन्टर

खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

इशान किशन बने हैदराबादका कप्तान

इशान किशन बने हैदराबादका कप्तान

जापानले महिला एसियन कपको फाइनलमा

जापानले महिला एसियन कपको फाइनलमा

झापामाथि आर्मीको एकतर्फी जित

झापामाथि आर्मीको एकतर्फी जित

भिआइटी गण्डकीको मुख्य प्रायोजक

भिआइटी गण्डकीको मुख्य प्रायोजक

संकटाको प्रभावशाली सुरुआत

संकटाको प्रभावशाली सुरुआत

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा