एजेन्सी । फरवार्ड ईडेन हजार्ड बेल्जियमको राष्ट्रिय फुटबल टिम बाहिर परेको छन् । बेल्जियमले युरो छनोटका लागि घोषणा गरेको टोलीमा हजार्डलाई राखिएको छैन ।
करिब सय मिलियन युरोमा स्पेनिस क्लब रियल मड्रिड पुगेका हजार्डले क्लबबाट लिग खेलमा डेब्यु गर्न पाएका छैनन । उनी चोटका कारण मैदान बाहिर रहदै आएका छन् ।
सिजनको पहिलो अन्तराष्ट्रिक ब्रेकपछि हजार्डको नाम समेत टिममा राखिएको थियो । तर प्रशिक्षक रोबर्ट मार्टिनेजले कुनै जोखिम लिन नचाहने भन्दै हजार्डलाई टिम बाहिर राखेका हुन् ।
मार्टिनेजले हजार्ड खेल्नका लागि फिट नभएको भन्दै उनलाई टिम बाहिर राखेका हुन् । बेल्जियमले युरो छनोट अन्तर्गत सान मारिनो र स्कटल्याण्डसंग खेल्दैछ ।
रियलले स्पेनिस लिगमा भिल्ला रियलसंग २–२ गोलको बराबरी खेल्दा समेत हजार्डलाई बाहिर राखिएको थियो ।
बेल्जियम युरो छनोटको समुहमा शीर्ष सथानमा छ । उसले चारै खेल जितेको छ । उसले शुक्रबार सान मारिनो र अर्को सोमबार स्कटल्याण्डविरुद्व खेल्नेछ ।