काठमाडौं । फिफा विश्वकप छनोटको दोस्रो चरणको छनोट अन्तर्गत कुवेतसँगको अवे खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिम त्यसतर्फ प्रस्थान गरेका छन् ।
कुवेतसँग खेल्ने २३ खेलाडीसहित नेपाली टिम आइतबार बिहान त्यसतर्फ प्रस्थान गरेका छन् ।
कतारमा सन् २०२२ मा आयोजना हुने विश्वकपको छनोट अन्तर्गत नेपालले भदौ १९ गते बिहिबार कुवेतसँग खेल्नेछ ।
यस्तै नेपालले दोस्रो खेलमा चाइनिज ताइपेसँग भदौ २४ गते उसैको मैदानमा खेल्नेछ ।
एन्फाले बिहिबार कुवेत र चाइनिज ताइपेसँग खेल्ने २३ सदस्सीय नेपाली टोलीको घोषणा गरिसकेको छ ।
मुख्य प्रशिक्षक योहान कालिनले घोषणा गरेको टोलीमा नियमित सदस्य तथा कप्तान विराज महर्जन टिममा अटाएका छैनन् । कप्तान बिराजको फिटनेसको समस्या देखिदा टिममा नपरेका हुन् ।
यस्तै मलेसियन क्लबसँग मैत्रीपूर्ण खेलमा टिममा रहेका गोलकिपर एलेन न्यौपाने र विमल राना पनि टिमबाट बाहिरिएका छन् । फरवार्ड भरत खवास नेपाली सेनाको तालिमको कारण टिममा छैनन् ।
विश्वकप छनोटमा नेपाल समूह 'बी' मा रहेको छ । नेपालको समूहमा एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपे रहेका छन् ।
नेपाली टिम :
गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ
डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देबेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल
मिडफिल्डर : रोहित चन्द, सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ,विशाल राई
फरवार्ड : विमल घर्तिमगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ